समाचारआइतबार, भाद्र ६, २०७२

सदभावनाका सभासदहरुले राजीनामा बुझाए

हिमालखबर

sadvawanaसदभावना पार्टीका सभासदहरुले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ समक्ष राजीनामा बुझाएका छन् ।

सदभावना पार्टीका सभासदहरु लक्ष्मणलाल कर्ण, विमलकुमार केडीया र शैलदेवी महतोले राजीनामा पत्र बुझाएका हुन् ।

संविधानसभामा पार्टीका ६ जना सभासद रहेकोमा सञ्जयकुमार साह हत्या अभियोगमा जेल परेपछि निलम्बनमा परेका छन्  ।

त्यसैगरी सभासदद्वय नरसिंह चौधरी र माधवीरानी साह जिल्लामा भएका कारण राजीनामा दिन आउन नसकेको सभासद एवम् पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संघीयताको सिमाङ्कन र ६ प्रदेशप्रति असहमति जनाउँदै सद्‌भावनाले १ भदौमै संविधानसभा छोड्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>