समाचारआइतबार, भाद्र ६, २०७२

नयाँ संविधानको विधयेक संविधानसभामा पेश

हिमालखबर

नयाँ संविधानकाे परिमार्जित मस्याैदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउँदै सभापति कृष्णप्रसाद सिटाैला । तस्वीरः बिक्रम राई

नयाँ संविधानकाे परिमार्जित मस्याैदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउँदै सभापति कृष्णप्रसाद सिटाैला । तस्वीरः बिक्रम राई

मस्यौदा समितिले नयाँ संविधानको अन्तिम मस्यौदा संविधानसभामा पेश गरेको छ ।

जनताको सुझावलाई समेटेर परिमार्जन गरिएको संविधानको अन्तिम मस्यौदा ६ भदौ साँझ पेश भएको हो । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले भाग ३७, धारा ३०२ र ९ अनुसूची रहेको नयाँ संविधानको विधयेक संविधानसभामा पेश गरेका हुन् ।

उनले मधेश केन्द्रित दलहरुको बहिष्कार र राप्रपा नेपालको नाराबाजीबीच विधयेक संविधानसभामा पेश गरे । विधयेक अध्ययनका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले तीन दिनको समय दिए ।

आगामी विधयेकमाथि सैद्धान्तिक छलफल ९ भदौ विहान ८ बजेबाट शुरु हुने भएको छ । २५ जेठमा दलहरुबीच १६ बुँदे सहमतिपछि पहिलो मस्यौदामाथि जनताले दिएको सुझाव समेटेर संविधानसभा अन्तर्गतका समितिहरुले अन्तिम मस्यौदा तयार पारेको हो ।

कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>