समाचारआइतबार, भाद्र ६, २०७२

विधयेक पेश गर्दै सिटौलाले भने, ‘नफर्कने राजतन्त्रबारे छलफल हुँदैन’

हिमालखबर

जनताको सुझाव लिएपछि परिमार्जन गरिएको नयाँ संविधानको विधयेक संविधानसभामा पेश गर्दै मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले नफर्कने राजतन्त्रबारे छलफल नहुने बताएका छन् ।

सिटौलाले विधयेक पेश गर्दैगर्दा राप्रपा नेपालका सभासदहरुले हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्रलगायत माग राखेर नाराबाजी गरिरहेका थिए । नाराबाजीबीच विधयेक पेश गर्दै सभापति सिटौलाले भने, “राजतन्त्र फर्कदैन र त्यसबारे कुनै छलफल पनि हुँदैन ।”

उनले गणतन्त्र नेपालको संविधान बन्दै गरेकाले राजतन्त्र ब्यूताउने कुरा नगर्न राप्रपा नेपालका सभासदहरुलाई आग्रह गरे । उनले भने, “राजतन्त्र फर्काउने माग पूरा गर्न सकिदैन, यसबाहेक छलफलमा आउनुहोस् ।”

राप्रपा नेपालका सभासदहरुले भने लगातार नाराबाजी गरिरहेका थिए । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पेश भएको विधयेकमाथिको छलफल आगामी ९ भदौबाट शुरु हुने जानकारीसहित बैठक स्थगित गर्दा पनि नाराबाजी भइरहेको थियो ।

उनीहरु नाराबाजी गर्दै संविधानसभा बैठकबाट बाहिरि निस्किए । सिटौलाले भाग ३७, धारा ३०२ र ९ अनुसूची रहेको नयाँ संविधानको विधयेक संविधानसभामा पेश गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>