समाचारमंगलबार, भाद्र ८, २०७२

सुदूरपश्चिमका डिआइजीहरुको सरुवा, एसएसपी न्यौपानेको ठाउँमा अमात्य

हिमालखबर

सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजी परिर्वतन गरेको छ । सेती अञ्चल प्रहरीको एसएसपीमा दिनेश अमात्यलाई खटाएको छ भने प्रमुख जिल्लाअधिकारी राजकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।

कैलालीको टीकापुरमा ७ भदौमा हिंसात्मक घटना भएपछि सरकारले सदूरपश्चिमका नेपाल प्रहरीका डिआइजी रामकुमार खनालको ठाउँमा माधव नेपाललाई खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरीका डिआइजी खडानन्द चौधरीको ठाउँमा सुरज श्रेष्ठलाई पठाइएको छ ।

आन्दोलनकारीको आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपानेको निधनपछि रिक्त रहेको स्थानमा एसएसपी दिनेश अमात्यलाई पठाइएको छ ।

त्यसैगरी गृहमन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई मन्त्रालयमा फिर्ता बोलाउने निर्णय गरेको छ।

श्रेष्ठको ठाउँमा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका मोहन चापागाइँलाई पठाइएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>