समाचारमंगलबार, भाद्र ८, २०७२

मोदीले कोइरालालाई भने, ‘आवश्यक सहयोग गर्छौं’

हिमालखबर

नेपालमा पछिल्लो समय बढदै गएको हिंसाका बारेमा प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन वार्ता भएको छ ।

८ भदौ विहान मोदीले कोइरालालाई फोन गरी कैलाली लगायतका घटनाका बारेमा चासो राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले जानकारी दिए ।

“अहिले भएका हिंसाका घटना र संविधान निर्माणका क्रममा विभिन्न पक्षबाट देखाइएका असन्तुष्टि राजनीतिक रुपमै समाधान गरिनुपर्छ भन्नेमा दुवै प्रधानमन्त्री सहमत हुनुहुन्छ,” प्रधानले भने ।

नेपालमा शान्ति सुव्यवस्था कायम गर्नका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको भारतीय प्रधानमन्त्री मोदीले बताएको पनि प्रधानले जानकारी गराए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>