समाचारशुक्रबार, भाद्र १८, २०७२

सडकबाट संविधान भन्नु लोकतन्त्रको अपमानः मन्त्री पण्डित

हिमालखबर

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान बनाउन गठन भएको संविधानसभाबाटै जनताको संविधान जारी हुने बताएका छन् ।

मकवानपुर पुगेका मन्त्री पण्डितले भने, “कसैले सडकबाट संविधान जारी गर्छु भन्छ भने त्यो लोकतन्त्रको विरोध हो ।” उनले अहिले संघीयता, लोकतन्त्र र अग्रगमन चाहनेहरुको एकता आवश्यक भएको बताए ।

उनले संविधान बन्न नदिनेहरुलाई जनताले सजाय दिने बताए । मन्त्री पण्डितले भने, “असन्तुष्टि भोलि पनि सम्बोधन गर्न सकिन्छ, तर संविधान जारी नभए केमा संशोधन गर्ने ?”

उनले रोगी विचार बोक्नेहरुको कारण राष्ट्रिय अखण्डता र सामाजिक सदभाव विथोल्न प्रयत्न भइरहेको बताए । मन्त्री पण्डितले भने, “राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउनेसँग लड्न म तयार छु ।”

सुरजकुमार भुजेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>