समाचारशुक्रबार, भाद्र १८, २०७२
विश्वकै होचा व्यक्ति डाँगीको निधन
विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ ।
७५ वर्षीय डाँगीको निमोनियाका कारण अमेरिकन समवाको पागोपागोस्थित ल्यान्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा निधन भएको हो । मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन पाँच महिनाअघि अमेरिका पुगेका थिए ।
उनका सहयोगी थानेश्वर गुरागाईँका अनुसार डाँगीका साथमा रहेका उनका भतिजा दोलखले उनका हजुरबुवाको उपचारका क्रममा निधन भएको पुष्टि गरे ।
डाँगीको जन्म १५ मंसीर १९९६ मा सल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । हाल उनको स्थायी बसोबास दाङको पुरनधारास्थित रिमखोलीमा छ ।
चौध किलो तौल भएका डाँगीको उचाइ २१ दशमलव ५ इन्च रहेको थियो । डाँगीले १४ फागुन २०६८ मा विश्वकै होचा व्यक्तिको प्रमाणपत्र प्राप्त गरेका थिए ।

![xfn} lgwg x'g' ePsf lulgha's ckm lb jN8{ /]s8;{df gfd n]vfpg ;kmn g]kfnsf rGb|axfb'/ 8fFuL . pxfF cd]l/sg ;df]cf l:yt Nof08g aL hf]xG;g 6«lksn d]l8sn ;]G6/df pkrf/sf qmddf lgwg x'g' ePsf] xf] . /f;;](http://www.himalkhabar.com/wp-content/uploads/2015/09/Rss_Images_1441378621282_Rss-Chandra-B-Dangi-Death-1.jpg)