समाचारशुक्रबार, भाद्र १८, २०७२

संशोधन प्रस्तावबारे चार दलबीच भोलि विहान छलफल हुने

हिमालखबर

नयाँ संविधानको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नेबारे भोलि विहान प्रमुख चार दलबीच छलफल हुने भएको छ ।

१८ भदौमा बसेको चार दलको बैठक संशोधन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि भोलि विहान ९ बजे बस्नेगरी बैठक सकिएको हो । प्रमुख चार दलले संविधानको विधेयकमा संशोधन प्रस्ताव तयार पार्न कार्यदल गठन गरेका छन् ।

संविधानसभाले संशोधन प्रस्तावका लागि दिएको समय १९ भदौमा सकिदैछ । विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्ष भने अझै वार्तामा आउन सकेका छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>