समाचारशनिबार, भाद्र १९, २०७२

हत्यारालाई कारवाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

हिमालखबर

kohalpurबाँकेमा मधेशीमोर्चाका प्रदर्शनकारीको ढुंगा प्रहारबाट सर्वसाधारणको मृत्यु भएपछि कोहलपुरवासीले हत्यारालाई कार्वाहीको माग गर्दै जुलुश प्रदर्शन गरिरहेका छन् ।

यसअघि विहानै मृतकका आफन्तसहित कोहलपुरबासीको गाडी–मोटरसाइकलसहितको जुलुस नेपालगञ्जतर्फ जान थालेपछि प्रहरीले बाटोमै रोकेको थियो ।

संभावित झडपलाई ध्यानमा राखी प्रमुख जिल्ला अधिकारीले नेपालगञ्जतर्फ जान अनुमति नदिएको भन्ने खबर पाएका उनीहरु  इलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरी ‘जातीय राज्य चाहिंदैन, मान्छे मार्न पाइँदैन’ जस्ता नारा लगाइरहेका छन् ।

हिजो राति अबेरसम्म पनि इप्रका कोहलपुर अगाडि मृतक कर्ण सिंहका आफन्त र कोहलपुरका स्थानीयले नारबाजी गरेका थिए ।

हिजो दिउँसो मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर बाँकेको कोहलपुर नजिक नौवस्ताका २३ वर्षीय कर्ण सिंहको मृत्यु भएको थियो ।

उनी मोटरसाइकलबाट नेपालगञ्जतर्फ जाँदै गर्दा पिप्रहवामा ढुंगा प्रहार भएको थियो । सिंह कोहलपुरका व्यवसायी पनि हुन् ।
हत्यामा संलग्नलाई पक्राउ गर्ने क्रममा प्रहरीले सोधपुछका लागि हिजो २३ जना मोर्चाका कार्यकर्तालाई पक्राउ गरेको थियो भने आज थप ५ जनालाई पक्राउ गरेको छ ।

यसैबीच नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ भने नेपालगञ्ज र कोहलपुरका सडक बजारमा थरुहट संघर्ष समिति र मधेशी मोर्चा दुवैका कार्यकर्ता देखिएका छैनन् ।
केशव राना/बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>