समाचारशनिबार, भाद्र १९, २०७२
फोरम लोकतान्त्रिक संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ ।
नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्रस्तुत गरेको संशोधनले मुलुकमा विद्यमान द्वन्द्व समाधान नगर्ने निष्कर्षसहित फोरम लोकतान्त्रिक संविधानसभाका प्रक्रियाबाट अलग हुने निष्कर्षमा पुगेको हो ।
मधेशी, आदिवासी, जनजाति, मुस्लिम र थारु समुदायले अपेक्षा गरेअनुरुप प्रमुख तीन दलबाट संशोधन प्रस्ताव नआएकाले आफूहरु यो निर्णयमा पुग्न बाध्य भएको फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिए ।
उनले भने, “द्वन्द्व निम्त्याउने संविधानमा साक्षी बस्न नसक्ने ठहर गर्दै, संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरिएको हो ।”
फोरम लोकतान्त्रिकको १९ भदौ राति बसेको बैठकले संविधान लेखनको हालसम्मको चरणमा पार्टीले जिम्मेवारपूर्ण रुपमा योगदान पुर्याएको ठहर गरेको थियो ।
