समाचारआइतबार, भाद्र २०, २०७२

आन्दोलन भाड्न गच्छदारको मोर्चाः महतो

हिमालखबर

llllसद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आन्दोलन भाड्न मोर्चा गठन गरेको बताएका छन् ।

कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दे महतोले भने, “प्रमुख तीन दलका नेताहरुलाई सघाउनको निम्ति मोर्चा गठन भएको हो ।” उनले गच्छदारको आन्दोलनले सरकारलाई सहयोग पुग्ने बताए ।

उनले प्रमुख तीन दलले आन्दोलनरत दलहरुलाई सम्बोधन नगरी संशोधन प्रस्ताव दर्ता गरेर मुलुकलाई ठूलो दुर्घटनातिर धकेलेको बताए । महतोले भने, “आन्दोलनरत संयुक्त मधेशी मोर्चाले विरोध जनाउंदै अब मुलुकमा ठूलो दुर्घना हुनसक्छ ।”

“वार्ताको संभावना सकियो”, उनले भने, “तीन दलले आफुखूशी संविधान बनाउ“दा मधशी जनताको धैर्यताको बाँध फुट्छ ।”

गाेपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>