थप समाचारसोमबार, भाद्र २१, २०७२
उत्तेजक गतिविधिमा संलग्न नहुन कार्यकर्तालाई एमालेको निर्देशन
सामाजिक सद्भाव बिथोलिने कुनै पनि गतिविधिमा संलग्न नहुन नेकपा एमाले इलामले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।
मुलुक संविधान निर्माणको अन्तिम चरणमा रहेकाले संविधान विरोधी क्रियाकलाप र सद्भाव भड्काउने क्रियाकलापमा संलग्न नहुन निर्देशन दिएको हो ।
एमाले इलामका अध्यक्ष राम रानाले संविधान निर्माणको यो विशिष्ट परिस्थितिमा जिल्ला तहमा सामाजिक सद्भाव बिथोलिने गतिविधिमा संलग्न नहुन जिल्ला कमिटी मातहतका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी सदस्य एवम् शुभचिन्तक, समर्थकलाई निर्देशन दिइएको बताए ।
