समाचारसोमबार, भाद्र २१, २०७२
‘पार्टी छोडिसकेको मान्छे कसरी अध्यक्ष ?’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले पार्टीको अध्यक्ष आफू नै रहेको दाबी गरेका छन् ।
रफत सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उनले पार्टीबाट डेढ वर्षअघि नै अलग भएको लोकेन्द्रबहादुर चन्दले आफू अध्यक्ष भएको घोषणा गर्नु नाटक भएको बताए ।
राप्रपाको विधानमा अध्यक्षको राजीनामा, मृत्यु, पागल र विशेष साधारणसभाले मात्र अध्यक्षलाई हटाउनसक्ने प्रावधान रहेकाले, चन्दको दाबी पुग्न नसक्ने हुँदा आफैं अध्यक्ष रहेको राणाले दावी गरे ।
लोकेन्द्रबहादुर चन्द पक्षले बहुमत रहेको गलत हल्ला र प्रचार गरेको आरोप लगाउँदै उनले विधान विपरीत जाने १६ जना केन्द्रीय सदस्यलाई पार्टीले निस्काशन गरेको बताए ।
सरकारमा रहेका मन्त्री सुनिलबहादुर थापालाई सरकारबाट फिर्ता बोलाउने बताउँदै अध्यक्ष राणाले यस विषयमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइसकेको बताए ।
त्यस्तै पार्टी विपरीत गएर काम गरेका अन्यलाई समेत केन्द्रीय समितिको बठैकले छिट्टै कारबाही गर्ने उनले बताए ।
