समाचारसोमबार, भाद्र २१, २०७२
गच्छदारले अन्तिम समयसम्म पर्खने
सीमाकंनसहितको सात प्रदेशको संघीयताप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान जारी हुने अन्तिम दिनसम्म पर्खने बताएका छन् ।
मोरङ पुगेका गच्छदारले संविधानसभाबाटै संविधान आउनुपर्ने पक्षमा रहेकाले प्रमुख तीन दलले गर्ने निर्णय अन्तिमसम्म पखर्ने बताए । उनले भने, “मधेशी र थारु समुदायको अजेण्डा अझैं समेट्न सकिन्छ, त्यसका लागि दुई चार दिन पर्खन्छु ।”
गच्छदारले २२ भदौको संविधानसभा बैठकमा प्रष्ट कुरा राख्ने बताए । गच्छदारले भने, “संविधान संशोधनका लागि मंगलवारको बैठकमा प्रष्ट कुरा राखेर निस्कन्छु ।” उनले माग पूरा नभए मुलुक दुर्घटनातिर लम्कने बताए । संविधानसभाले संशोधन प्रस्तावमाथि २२ भदौदेखि बैठक शुरु गर्ने जनाएको छ ।
