समाचारसोमबार, भाद्र २१, २०७२

तराई–मधेशः कष्टकर बजार, सामान्य गाउँ

हिमालखबर

काेहलपुरमा अान्दाेलनकारीले सर्वसाधरणकाे हत्या गरेपछि अान्दाेलित सर्वसाधरण ।

काेहलपुरमा अान्दाेलनकारीले सर्वसाधरणकाे हत्या गरेपछि अान्दाेलित सर्वसाधरण । तस्वीरः केशव राना

नयाँ संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै २३ साउनदेखि शुरु भएको बन्द हड्तालले तराईका जिल्लाहरु नराम्रोगरी प्रभावित बन्दै आएको छ ।

थारुहट संघर्ष समिति, हिन्दू अभियान, नेकपा–माओवादी र साना दलहरुको बन्दसँगै संयुक्त मधेशी मोर्चाको अनिश्चितकालीन बन्दले जनजीवन प्रभावित बन्दै आएको हाे । ३० साउनदेखि यी जिल्लाहरुमा बजारक्षेत्र खुल्न नसकेपनि गाउँ क्षेत्रको जनजीवन भने सामान्य नै छ ।

२५ साउनदेखि १० सुरक्षाकर्मीसहित २९ जनाले ज्यान गुमाइसकेको आन्दोलनले अझै निकास पाउन सकेको छैन । ७ भदौको टीकापुर घटनापछि केही जिल्लाहरुमा दंगाग्रस्त क्षेत्र, कर्फ्यू र निषेधाज्ञा कायमै राखिएको छ भने प्रदर्शनकारीहरुले बन्दलाई कायम राखेका छन् ।

धेरै पटक सरकारले आह्वान गरेपनि वार्तालाई अस्वीकार गर्दै आएको आन्दोलनकारी र स्थानीय प्रशासनको आह्वानबीच २१ भदौको तराई यस्तो रह्यो ।

कैलाली – ७ भदौयता टीकापुरमा जारी गरिएको कफ्र्यू कायमै छ । विहान ७–१० बजेसम्म कर्फ्यू हटाएर जनजीवनमा केही राहत दिने काम भइरहेको छ ।

बर्दिया – बन्दको आंशिक प्रभाव परेको छ । छोटोदुरीको यातायात सञ्चालन आएपनि लामो दुरीको यातायात प्रभावित छ, बजारपशल आंशिक खुलेका छन् । अान्दाेलनकारीकाे अाजै बसेकाे बैठकले पाँच दिनकाे लागि बन्द खुलाएकाे छ ।

बाँके – नेपालगञ्जमा निषेधाज्ञा कायमै छ । आन्दोलनकारीले मोटरसाइकल चढिरहेका करण सिंहको हत्या गरेपछि प्रदर्शन भइरहेको छ । साँझविहान गरेर यातायात सञ्चालनमा ल्याउने गरिएको छ ।

दाङ – थरुहटको बन्द कायमै छ । थारु समुदाय बहुल देउखुरी २४ दिनयता ठप्प हुँदै आएको छ । यसबाहेकका बजार क्षेत्र बने आंशिक प्रभावित छ ।

पर्सा – ७ भदौदेखि दंगाग्रस्त क्षेत्र घोषणा गरिएको बीरगञ्जमा विहान १०–१२ बजेसम्म कर्फ्यू हटाइएपनि पुनःकायम छ । बजार क्षेत्र कर्फ्यू, भिडन्त र निषेधाज्ञाले नराम्रोगरी प्रभावित बनेपनि गाउँ क्षेत्र भने सामान्य छ ।

रौतहट – मूख्य सडकहरुमा दंगाग्रस्त क्षेत्र घोषणा कायमै छ । बन्द नखुल्दा बजार क्षेत्र प्रभावित छ ।

बारा – ८ भदौदेखिको दंगाग्रस्त क्षेत्र र कर्फ्यू कायमै छ । गाउँ क्षेत्रको जनजीवन सामान्य छ ।

सर्लाही – बन्दको प्रभाव आंशिक परेको छ । प्रदर्शनकारीले प्रदर्शन कायमै राखे ।

महोत्तरी – बन्दको प्रभाव आंशिक परेको छ । गौशाला प्रहरी बीटमा प्रदर्शनकारीले आगजानीको गरेका छन् ।

धनुषा – २४ दिनदेखि बन्द कायमै । प्रदर्शनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजानी गरे । अवस्था नियन्त्रणमा लिन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सिराहा – आन्दोलनकारीद्वारा प्रदर्शन ।

सप्तरी – आन्दोलनकारीको प्रदर्शन ।

-श्रवन देव, सप्तरी, दिलीपकुमार सिंह, सिराहा, सुरेश विडारी, बीरगञ्ज, भावुक योगी, बर्दिया र बच्चु विक, टीकापुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>