समाचारमंगलबार, भाद्र २२, २०७२
संविधानसभा बैठक २ बजे
विहान ११ बजे बस्ने भनिएको संविधानसभा बैठकको समय परिवर्तन भएको छ । बैठक दिउँसो २ बजेलाई सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए ।
संविधानसभामा संविधानको विधेयकमाथि दफावार छलफल हुने कार्यतालिका छ । सचिवालयले छलफलका लागि संशोधन दर्ता गरेका सभासदलाई सात मिनेट र अन्य सभासदलाई पाँच मिनेट समय दिने भएको छ ।
दफावार छलफल चार दिनमा सक्ने सचिवालयको तयारी छ । त्यसपछि संविधानको विधेयक धारा पारित गरिने सचिवालयले जनाएको छ ।
