समाचारमंगलबार, भाद्र २२, २०७२
मधेशका कुरा गर्न कांग्रेसका सभासद् बालुवाटारमा
नेपाली कांग्रेसमा आवद्ध मधेशी सभासदहरु मधेशमा जारी आन्दोलन र लगातारको वन्दले जनजीवन अस्तव्यस्त पारेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका छन् ।
उनीहरुले नेपाली कांग्रेसले यसअघि प्रस्ताव गरेको तराईमा तीन प्रदेशसहितको सीमाङ्कन हुनु पर्ने माग गरेको सभासद रंजित कर्णले जानकारी दिए ।
सीमाङ्कनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका दलहरुसँग वार्ता गरी मधेशमा देखिएको अराजकता अन्त्य गर्न समेत नेपाली कांग्रेसका मधेशी नेता र सभासदहरुले माग गरेका छन् ।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मधेशी सभासदहरुसँग नेतृत्वको छलफल जारी छ ।
