समाचारबुधबार, भाद्र २३, २०७२

जलेश्वरमा तीनजनाको मृत्यु, १० घाइते, अनिश्चितकालीन कर्फ्यू

हिमालखबर

महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरीको गोली लागि तीन जनाको मृत्यु भएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

“अहिले अवस्था क्रिटिकल छ, राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाउँदैछौं,” प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले भने ।

२३ भदौ दिउँसो सदरमुकाम जलेश्वरको दुर्गा चोक (पहिलेको महेन्द्र चोक)मा जम्मा भएका प्रदर्शनकारीले जिल्ला न्यायाधीशको निवासमा ढुंगामुढा र आगजनी गरे ।

प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेपछि त्यहाँबाट हटेका उनीहरु ढुंगामुढा गर्दै जिल्ला प्रहरी कार्यालयतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाउँदा जलेश्वर–७ का रोहन चौधरी, महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर–१४ का मुसइ कापरको मृत्यु भएको छ । उनीहरुको शव जिल्ला अस्पतलमै राखिएको छ ।

त्यस्तै प्रहरीको गोलीबाट १० जना घाइते भएका छन्।

गम्भीर घाइते चार जनालाई जनकपुर अञ्चल अस्पतालमा पठाइएकोमा तीमध्ये टाउकोमा गोली लागेका जलेश्वरका वीरेन्द्र विठ्ठालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

घटनापछि अहिले जलेश्वर शान्त जस्तो देखिएको छ भने स्थानीय प्रशासनले जलेश्वरलाई निषेधित क्षेत्रका साथै राति ८ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>