समाचारबुधबार, भाद्र २३, २०७२
लोकतन्त्रमा हिंसा स्वीकार्य हुँदैनः झलनाथ खनाल
एमाले वरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्रमा हिंसा स्वीकार्य नहुने भन्दै आन्दोलनरत दलहरुलाई आन्दोलन छोडर संविधान निर्माणका लागि जुट्न आह्वान गरेका छन् ।
२३ भदौ राति प्रमुख तीन दलको बैठकबाट बाहिरिंदै गर्दा एमाले पूर्व अध्यक्ष खनालले अहिले तराईमा भइरहेको आन्दोलनमा सुरक्षाकर्मी, अदालत र निर्दोषहरुमाथि प्रहार भइरहेको भन्दै थपे, “यो हिंसा के का लागि र किन भइरहेको छ, त्यो इतिहासले बताउला ।”
उनले संविधान निर्माणको जारी प्रक्रिया पर्सी २५ भदौबाट भोटिङमा प्रवेश गर्ने भएकाले संविधानको विधेयकमा संशोधनका लागि अहिलेसम्म प्रस्तावहरु बीचमै आन्दोलनकारीका माग सम्बोधन गर्न सकिने भएकाले निशर्त वार्तामा आउन आग्रह गरे ।
उनले संविधान निर्माणको ऐतिहासिक क्षणमा संविधानसभाबाटै समाधान खोज्न छोडेर सडकमा गएर मच्चाइएको हिंसाले समाधान नदिने समेत बताएका थिए ।
कपिल भट्ट, काठमाडौं
