समाचारबिहीबार, भाद्र २४, २०७२
राष्ट्रपति यादव र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रपति रामवरण यादवसँग एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शीतलनिवासमा भेटवार्ता गरेका छन्।
भेटमा उनीहरुबीच समसामयिक राजनीतिक स्थिति र संविधान निर्माणमा भएका प्रगतिबारे कुराकानी भएको थियो ।
राष्ट्रपति यादवलाई अध्यक्ष दाहालले प्रदेशको सीमाङ्कनमा चित्त नबुझी आन्दोलन गरिरहेका मधेसवादी दलहरुले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूहरु तयार रहेको बताए ।
साथै अध्यक्ष दाहालले आन्दोलनरत मधेसवादी दललाई वार्ता आउन आह्वान गरिसकेको र वार्ताकै माध्यमबाट समाधान खोज्न आफूहरु तयार रहेको बताउनुभएको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले बताए ।
