समाचारबिहीबार, भाद्र २४, २०७२
तथ्य जाँच गर्ने वेबसाइट शुरु
पानस साउथ एशियाले सार्वजनिक छलफलमा आएका तथ्यको जाँच गर्ने वेबसाइट ‘साउथ एशिया चेक’लाई औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
पानस साउथ एशिया काठमाडौंमा मुख्यालय भएको क्षेत्रीय विकास सञ्चार संस्था हो ।
साउथ एशिया चेकको परीक्षण प्रकाशन २९ साउनमा शुरू गरिएको थियो । यसको उद्देश्य राजनीति, सरकार र सार्वजनिक छलफलका क्षेत्रमा उत्तरदायित्व र पारदर्शिता बढाउनु रहेको संस्थाले जनाएको छ ।
तथ्य जाँच गर्ने काम सम्पादकीय दृष्टिले स्वतन्त्र पत्रकारको टोलीले गर्छ ।
“यस विषयमा चासो भएका रिपोर्टर र सञ्चार माध्यमलाई तालिम दिन हामी उत्सुक छौं,” साउथ एशिया चेकका सम्पादक मोहन मैनालीले भने, “पत्रकारले आफ्नो स्टोरी बनाउँदा आफैं तथ्य जाँच गरुन भन्ने हामी चाहन्छौं ।”
जुलाई २०१५ मा शुरू भएको यो एक वर्षे पहललाई अमेरिकाको नेशनल इन्डाओमेन्ट फर डेमोक्रेसी र द ओपन सोसाइटी फाउन्डेशन्स (ओएसएफ) ले सहयोग गरेको पानस साउथ एशियाका कार्यकारी निर्देशक दमाकान्त जैशीले बताए ।
