समाचारबिहीबार, भाद्र २४, २०७२

संविधानसभाबाटै संविधानः गच्छदार

हिमालखबर

DSC02478मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने बताएका छन् ।

पूर्वी थारुवान कोचिला प्रदेश संघर्ष समितिले झापामा गरेको कार्यक्रममा गच्छदारले भने, “म अहिले पनि संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने पक्षमा छु ।”

उनले १६ बुँदे राजनीतिक सहमतिका निम्ति आफू लागी परेपनि तीन दल स्वच्छाचारी ढंगले चलेको आरोप लगाए । गच्छदारले भने, “आदिवासी जनजाति, थारु र मधेशीको माग सम्बोधन नगरी बहुमतमा आउने संविधानले मुलुकमा गृहयुद्ध निम्तन्छ ।”

गोपाल गडतौला,झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>