समाचारबिहीबार, भाद्र २४, २०७२

टीकापुर घटनामा पूर्व लडाकुको संलग्नताः आयोग

हिमालखबर

राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको टीकापुरमा भएको घटनामा  माओवादीका पूर्व लडाकुहरुको समेत संलग्नता रहेको जनाएको छ ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले हस्ताक्षर गरेको विज्ञप्तिमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरीको प्रदर्शनकारीले घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको भन्दै आन्दोलनमा कैलालीको जोशीपुरका पूर्वमाओवादी लडाकुहरुको समेत संलग्नता रहेको उल्लेख छ ।

“सामाजिक सदभाव बिग्रन नदिन थरुहटका कार्यकर्तालाई आग्रह गर्दैगर्दा एसएसपी न्यौपानेसहित ८ जनालाई घरेलु हतियार भाला, खुकुरी र बन्चरो प्रयोग गरेर हत्या गरिएको पाइएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी आफनै घरआँगनमा बसिरहेका दुधे बालकलाई खेतबारीबाट गोली प्रहार गरी हत्या भएको पनि आयोगले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा भदौ ६ गते भएको सर्वपक्षीय भेलाले आन्दोलन शान्तिपूर्ण र मर्यादित बनाई सामाजिक सद्भाव कायम गर्ने भनी प्रशासन र आन्दोलनकारीवीच सहमति भए पनि सो सहमति कार्यान्वय नभएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले घट्नाबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

यो पनि पढौं:  अप्रेशन टीकापुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>