समाचारशुक्रबार, भाद्र २५, २०७२

जलेश्वर: तीन घन्टाका लागि कर्फ्यू हटाइयो

हिमालखबर

महोत्तरीको जलेश्वरलगायत बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनबाट लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान ३ घन्टाका लागि हटाइएको छ ।

२३ भदौ राति ८ बजेदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित बलवा र बनौटा गाविसमा लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान ६ देखि ९ बजेसम्मका लागि हटाएको जानकारी प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले दिनुभयो ।

मधेशको संस्कृतिअनुसार नित्यकर्म गर्न घरबाहिर जानैपर्ने भएको र दैनिक उपभोगका किनमेल गर्न सुविधालाई ध्यानमा राख्दै बिहान तीन घन्टाका लागि निषेधाज्ञा हटाएको उनले बताए ।

२३ भदौमा प्रहरीको गोली लागी जलेश्वरमा तीन आन्दोलनकारीको मृत्यु भएपछि उग्र बन्दै गएको जिल्लाको अवस्थालाई देखेर स्थानीय प्रशासनले जलेश्वरसहित जिल्लाको बलवा र बनौटा गाविसमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>