समाचारशुक्रबार, भाद्र २५, २०७२
लिम्बुवानले गरेको बन्दले पूर्वी पहाडको जनजीवन प्रभावित
लिम्बुवान संघर्ष समितिले आह्वान गरेको आम हड्तालका कारण २५ भदौमा पनि पूर्वी पहाडका जिल्लाहरु विहानैदेखि प्रभावित भएका छन ।
पछिल्लो पटक २४ भदौदेखि गरिएको बन्दका कारण वजार, कलकारखाना, यातायात, विद्यालय ठप्प भएका छन ।
अरुण नदी पूर्वका ९ जिल्ला सुनसरी, मोरङ, झापा, संखुवासभा, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुमलाई लिम्वुवान राज्य घोषणा गर्नुृपर्ने माग सहित आह्वान गरिएको बन्दले जनजीवन प्रभावित भए पनि कुनै अप्रिय घट्ना भने नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
लिम्बुवानको माग गर्दै विभिन्न दल र समूहले भदौ महिनामा मात्रै ९ दिन वन्द गराइसकेका छन् ।
बन्दका कारण खाना पकाउने ग्यास तथा अन्य उपभोग्य सामानको अभाव हुन थालेको छ ।
लक्ष्मी गौतम
