समाचारशुक्रबार, भाद्र २५, २०७२
संविधानसभामा मतदान प्रक्रिया दुई दिन रोकिने, वार्तामा आउन विपक्षीलाई आग्रह
प्रमुख तीन दलका शीर्ष नेताहरुले दुईदिन संविधान निर्माण प्रक्रिया रोक्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुले आजबाट शुरु हुने भनिएको मतदान प्रक्रिया दुईदिन रोक्ने निर्णय गरेको एमाओवादीका नेता बाबुराम भट्टराईले बताएका छन् ।
उनले ट्वीट गरेका छन्, ‘मतदान प्रक्रिया २ दिन रोकेर बाहिरिएका दलहरुलाई वार्तामा आउन आग्रह गरेको छ ।’ संविधानसभाले आजबाट मतदान प्रक्रियामा जाने कार्यतालिका तय गरेको थियो ।
