समाचारआइतबार, भाद्र २७, २०७२

औपचारिक वार्ता शुरु भएको छैनः लेखी

हिमालखबर

थरुहट थारुवान संघर्ष समितिको टोली र प्रधानमन्त्रीबीच आज भएको छलफल सकारात्मक रहे पनि औपचारिक वार्ता भने शुरु नभएको टोलीका सदस्य राजकुमार लेखीले बताएका छन् ।

प्रमुख तीन दलले संविधान निर्माणको जारी प्रक्रियालाई दुई दिन रोकेर वार्ताका लागि आह्वान गर्नु सकारात्मक रहेको र त्यसैक्रममा प्रधानमन्त्रीसँग आज भएको छलफल समेत सकारात्मक रहेको लेखीले बताए ।

यद्यपी आफ्नो आन्दोलन स्थगित नगरिने, वार्ता र आन्दोलनलाई सँगसँगै अघि बढाइने लेखीको भनाई छ ।

“हाम्रा सात बुँदे माग पूरा गरेपछि मात्रै औपचारिक वार्ताको लागि वातावरण तयार भएको मानिनेछ, त्यसका लागि प्रधानमन्त्रीले औपचारिक पत्र पठाउँछु भन्नु भएको छ,” लेखीले भने ।

समितिले औपचारिक वार्ताका लागि हिरासतमा लिइएका थारु नेताहरुलाई रिहा गर्नुपर्ने, कफ्र्यू र सेना परिचालन फिर्ता गरिनुपर्ने, दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता गरिनुृपर्ने, टीकापुरमा आगो लगाइएका घरहरुको क्षतिपूर्ति सरकारले दिनुपर्ने लगायतका ७ बुँदे माग अघि सारेको छ ।

तीन सदस्यीय टोलीले आज, २७ भदौ विहान प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>