समाचारआइतबार, भाद्र २७, २०७२
नयाँ संविधानको अन्तिम विधेयकमाथि दफावर छलफल सकियो
नयाँ संविधानको परिमार्जित अन्तिम विधेयकमाथिको दफावर छलफल सकिएको छ ।
२७ भदौमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरेसँगै २१ भदौबाट शुरु भएको दफावार छलफल सकिएको छ । छलफल सकिएपछि संशोधन प्रस्तावमाथि मतदान प्रक्रिया पनि आजैबाट शुरु हुने भएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले मतदान प्रक्रियाका लागि अहिले साँझ ५ बजे बैठक बोलाएका छन् । बैठकमा मधेश केन्द्रित केही दल बाहेक सवै सभासदहरुको सहभागिता छ ।
