समाचारआइतबार, भाद्र २७, २०७२

राष्ट्रपतिले पनि संविधानसभाको निर्णय मान्नुपर्छः सिटौला

हिमालखबर

संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभाबाट हुने निर्णय राष्ट्रपतिले पनि मान्नुपर्ने बताएका छन् ।

संविधानको परिमार्जित अन्तिम विधेयकमाथि सम्बोधन गर्दै मस्यौदा समितिका सभापति सिटौलाले भने, “यही सभा र नेपाली कांग्रेसले उहाँलाई राष्ट्रपति बनाएको विर्सन मिल्दैन, संविधानसभा भन्दा माथि कोही हुँदैनन् ।”

राष्ट्रपति रामवरण यादवले २/४ दिन संविधानसभा लम्ब्याएर प्रक्रिया रोक्नुपर्ने पत्र पठाएको उल्लेख गर्दै सिटौलाले भने, “राष्ट्रपतिले यस्तो भन्नुभयो भन्नेमा विश्वास छैन । उहाँले यस्तो भन्नै सक्नुहुन्न ।”

राष्ट्रपतिले संविधानमा हस्ताक्षर गर्दिन भनेको खबर सञ्चारमाध्यम आएको उल्लेख गर्दै सिटौलाले भने, “लोकतन्त्रमा प्रेसको सम्मान हुन्छ, गर्छाै । तर, कसैले सम्पादकीय लेख्दैमा संविधानसभाबाट संविधान निर्माण प्रक्रिया रोकिदैन ।” उनले संविधान निर्माण प्रक्रियामा अवरोध सृजना गर्ने काम सञ्चार माध्यमहरुले गर्न नहुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>