समाचारआइतबार, भाद्र २७, २०७२
सभासदहरुले संशोधन प्रस्ताव फिर्ता लिए
संविधानमा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गरएका एमाओवादीका सबै सभासद्, कांग्रेसका कोइराला र केसी साथै अन्य सभासद्हरुले प्रस्ताव फिर्ता लिएका छन् ।
एमाओवादीका सभासदहरुले व्यक्तिगत रुपमा दर्ता गराएका सबै संशोधन प्रस्तावहरु फिर्ता लिएको संविधानसभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभासदद्वय शेखर कोइराला र अर्जुननरसिंह केसीले आफूले दर्ता गराएका संशोधन प्रस्ताव फिर्ता लिएका छन् ।
त्यसैगरी सरकारबाट मनोनित सभासद् नरेन्द्र कुमालले पनि संशोधन प्रस्ताव फिर्ता गरेका छन् भने स्वतन्त्र सभासद अतहर कमाल मुसलमानले फिर्ता लिएका छन् ।
नेकपा मालेका सीपी मैनाली र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले पनि संशोधन प्रस्ताव फिर्ता लिएको खबर प्राप्त भएको छ ।
संशोधन प्रस्ताव फिर्ता लिने कार्यक्रम लम्बिंदा संविधानसभा बैठक बस्न समेत ढिलाई भएको हो ।
