समाचारआइतबार, भाद्र २७, २०७२
तीनवटा धारा पारित गरी बैठक स्थगित
संविधानसभाको ५ बजे बोलाइएको बैठक दुई घण्टा अबेर शुरु भई तीनवटा धारा पारित गरेर भोली सम्मका लागि स्थगित भएको छ । अाजको बैठकसँगै संविधानमा मतदानको प्रक्रिया शुरु भएको छ ।
सभासदहरुले व्यक्तिगत रुपमा दर्ता गराएका संशोधन प्रस्ताव फिर्ता लिन थालेपछि ढिलो गरी शुरु भएको बैठकमा संविधानको धारा १ र २ पारित हुनुका साथै धारा ३ संशोधन सहित पारित भएको छ ।
सभासदहरु रामकुमार राई, विश्वेन्द्र पासवान र अनुराधा कोइरालाले राखेको संशोधन प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको छ ।
आज, २७ भदौ साँझ करिब ८ मिनेट चलेको बैठकमा प्रस्तावहरु ध्वनीमतले पारित भएका हुन् ।
संविधानसभाको अर्को बैठक २८ भदौ विहान ११ बजे बस्नेछ ।
