समाचारआइतबार, भाद्र २७, २०७२
दाङः थारुवान/थरुहटको बन्द-हडताल फिर्ता
थारुवान/थरुहट संघर्ष समितिले दाङमा आह्वान गरेको बन्द हड्तालका कार्यक्रम फिर्ता लिएको छ ।
आमहडतालले सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राखी २७ साउनदेखि गरिंदै आएको बन्द–हड्तालका कार्यक्रम भोली, २८ भदौदेखि फिर्ता लिएको संघर्ष समितिले जनाएको छ ।
संघर्ष समितिका प्रवक्ता प्रकाशकुमार चौधरीले आज, २७ भदौ साँझ विज्ञप्ति जारी गरी बन्द–हडताल बाहेकका आन्दोलनका अन्य कार्यक्रम भने जारी रहेको जानकारी दिएका छन् ।
लामो समयको बन्दका कारण जनजीवन कष्टकर भएको तथा नजिकिंदै गरेर्को तीज र विश्वकर्मा पूजालाई ध्यानमा राखी बन्द–हडतालका कार्यक्रम फिर्ता लिइएको विज्ञप्तिमा उल्लेख छ ।
देविका घर्ती मगर, दाङ
