समाचारआइतबार, भाद्र २७, २०७२

अब दुई तीन दिनमै संविधान: नेताहरु

हिमालखबर

संविधानसभामा मतदानको प्रक्रिया प्रारम्भ भएपछि संविधानसभाका अध्यक्ष र तीन दलका शीर्ष नेताहरुले खुशी लागेको भन्दै अब दुई तीन दिनमै संविधान जारी हुने बताएका छन् । २७ भदौ साँझ बसेको संविधानसभा बैठक पछि बाहरिंदै गर्दा नेताहरुको प्रतिक्रिया यस्तो थियो:

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङः  ऐतिहासिक र सफल शुरुआत भएको छ । अप्ठ्यारो पर्दा सिंगो देश एकतावद्ध हुन्छ भन्ने आज प्रमाणित भएको छ । यो प्रक्रिया एकदुई दिनमै सकिन्छ । संविधान जारी गर्नका लागि संविधानसभाले सम्पूर्ण तयारी पुरा गरेको छ । तर पनि सबैसँगको सल्लाहमा हामीले राष्ट्रपतिलाई निमन्त्रणा दिनेछौं ।

प्रधानमन्त्री सुशील कोइरालाः संविधानसभामा मतदानको प्रक्रिया शुरु भएको छ । संविधानमा सबैका भावनाहरु समेट्ने अधिकतम प्रयास गरेका छौं । असन्तुष्टहरुसँग वार्ताका लागि हामी सँधै तयार नै छौं । सबैलाई मिलाएर जान्छौं । अँझै पनि मिल्न सक्ने प्रशस्त ठाउँहरु छन् । अहिले संविधान निर्माणका क्रममा मात्रै होइन, संविधान जारी भएपछि पनि मिडियाले सकारात्मक भूमिका खेल्नुपर्छ (हात जोड्दै) ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालः खुशी छु, धेरै गर्व र अनुभूतिको तिव्रताले गम्भीर बनाएको छ । विभिन्न चुनौतिका बावजुद अहिलेको अवस्थामा पुगेका छौं । एक दुई दिनमै संविधान जारी हुन्छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनालः
ऐतिहासिक थालनी भएको छ । खुशी र गौरवको अनुभूति भएको छ । आफ्नो संविधान आफैं बनाएर जारी गर्दैछौं । तीन–चार दिनमै नयाँ संविधान आउँछ ।

कांग्रेस वरिष्ठ नेता शेरवहादुुर देउवाः खुशी लागेको छ । संविधान आउने निश्चित भएको छ । असन्तुष्टका मागहरुलाई पनि संविधानमा सम्बोधन गर्नेछौं ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>