समाचारसोमबार, भाद्र २८, २०७२
सचिवालयको प्राविधिक समस्याले १ घण्टा बैठक स्थगित
नयाँ संविधानको विधेयकमाथि परेको संशोधन प्रस्तावमा प्राविधिक समस्या देखिएपछि १ घण्टाका लागि बैठक स्थगित गरिएको छ ।
कतिपय सभासदहरुले पेश गरेको संशोधन छुटेको गुनासो आएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैठक स्थगित गरेका छन् । उनले २ः३० बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका छन् ।
अहिलेसम्म संविधानको धारा २३ सम्म पारित भइसकेको छ ।
