समाचारसोमबार, भाद्र २८, २०७२
बैठक बहिष्कार गरेका कांग्रेस सभासदहरु फर्किए
संविधान निर्माण प्रकृयाप्रति असन्तुष्टि जनाउँदै संविधानसभा बैठक बहिष्कार गरेका नेपाली कांग्रेसका सभासदहरु फर्किएका छन् ।
सभासद सुरेन्द्रप्रसाद चौधरी र अमरेशकुमार सिंह बाहेक अन्य सभासदहरु फर्किका हुन् । सभासद दिनेशप्रसाद परसैलाले आफूहरु संविधानसभा बैठकमा फर्किएका बताए । उनले भने, “आजबाट संविधानसभा बैठकमा फकिएका छौं ।”
कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी, अमरेशकुमार सिंह, रामअयोध्या यादव, दिनेश परसैला र तेजुलाल चौधरींले बैठक बहिष्कार गर्ने जनाएका थिए । तर, सुरेन्द्रप्रसाद चौधरीले भने आफू बैठकमा नफर्कने बताए ।
