समाचारसोमबार, भाद्र २८, २०७२
रौतहटमा निषेधाज्ञा फिर्ता
स्थानीय प्रशासनले सदरमुकाम गौरमा लगाएको निषेधाज्ञा फिर्ता लिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको प्रदर्शनलाई ध्यान दिदै २७ भदौ मध्यान्हबाट जारी गरेको निषेधाज्ञा फिर्ता लिएको हो । प्रमुख जिल्ला अधिकारी मदन भूजेलका अहिले साँझ ७ बजेबाट निषेधाज्ञा हटाइने छ ।
निषेधाज्ञा फिर्ता भएपनि ७ भदौदेखि घोषित दङ्गाग्रस्त क्षेत्र भने सदरमुकाम गौरलगायतका क्षेत्रमा यथावत् नै रहेको उनले बताए ।
मोर्चाको आह्वानमा अनिश्चितकालीन मधेश बन्द ३१ औँ दिनसम्म जारी रहँदा तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।
बन्दका कारण सदरमुकाम गौर, शिवनगर, गरुडालगायतका स्थानमा बजार, यातायात, बैंक र शैक्षिक संस्था एक महिनादेखि अवरुद्ध छ । रासस
