समाचारसोमबार, भाद्र २८, २०७२

नयाँ संविधान ३ असोजमा

हिमालखबर

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान आगामी ३ असोजमा जारी हुने तयारी गरिएको छ ।

संविधान जारी गर्नका लागि राष्ट्रपति रामवरण यादवलाई निमन्त्रणा दिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई *२९ भदाै विहान शितलनिवास जाने तयारी भइरहेको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति यादवले संविधान जारी भएको घोषणा गर्नेछन् ।

संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको छ ।

*सच्याइएकाे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>