समाचारआइतबार, आश्विन १०, २०७२

पश्चिमी नाकामा भारतीय पर्यटकको स्वागत

हिमालखबर

tourist gaddachauki_4देशका अधिकांश सीमा नाकाहरुमा तनाव बढिरहेका बेला पश्चिमी सीमा नाका गड्डाचौकीमा भने भारतीय पर्यटकको स्वागत गरिएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा १० असोज बिहान नेपाल प्रवेश गरेका भारतीय पर्यटकलाई पर्यटन बोर्ड, अध्यागमन कार्यालय, स्थानीय व्यवसायी र सर्वसाधारणले स्वागत गरेका हुन ।

‘‘आज नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई स्वागत गर्ने कार्यक्रम थियो । भारतीय पर्यटक नै परे’’ नेपाल पर्यटन बोर्ड, गड्डाचौकी कार्यालयका प्रमुख थानेश्वर लेखकले भने ।

कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष र झोलुङ्गे पुल घुम्न आएका भारतको पिथौरागढका दिपक चन्दलाई ढाका टोपी, खादा र अबिर लगाएर स्वागत गरिएको हो ।

उनले एक साता नेपाल बस्ने कार्यक्रम रहेको जानकारी दिए । स्वागत कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो ।

विश्वपर्यटन दिवसको अवसरमा ‘वान विलियन टुरिस्ट, वान विलियन अपर्चुनिटी’ भन्ने नाराका साथ देशभरी विविध कार्यक्रमको आयोजना गरिदै छ ।
बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>