समाचारमंगलबार, आश्विन १२, २०७२

अवरोध हटाउन एमाले अध्यक्षको भारतलाई आग्रह

हिमालखबर

sf7df8f}+df cfof]lht g]skf Pdfn]sf] sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमा क्षेत्रमा भएको अवरोध हटाउन भारत सरकारलाई आग्रह गरेका छन् ।

१२ असोजमा काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा पेट्रोलियम पदार्थलगायत सामग्रीको आपूर्ति सहज बनाउने दिशामा अविलम्ब कदम चाल्न भारत सरकारलाई आग्रह गरेका हुन् ।

उनले भूपरिवेष्टित छिमेकी मुलुकलाई भारतबाट यस्तो व्यवहार हुनु उचित नभएको बताए । ओलीले भने, “आपूर्ति व्यवस्था अविलम्ब सहज बनाउन म आग्रह गर्छु, यो सबै नेपाली जनताको इच्छा हो ।”

विश्वका धेरै मुलुकले नेपालको संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएकोमा स्वागत गरिएको सन्दर्भमा भारतजस्तो ठूलो लोकतान्त्रिक मुलुकले ‘जानकारीमा आयो’ मात्र भन्नुले आफूलाई आश्चर्यमा पारेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>