समाचारबुधबार, आश्विन १३, २०७२

संविधानमा समावेशी हस्ताक्षरः नेम्बाङ

हिमालखबर

नेपालको संविधानमा १४६ जनजाति, ९१ मधेशी, ३६ दलित र २३ थारु सभासदको हस्ताक्षर छ ।

सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख सुवासचन्द्र नेम्बाङले नेपालको संविधानमा समावेशी हस्ताक्षर भएको बताए ।

उनका अनुसार संविधानमा खस/आर्य २४१ र  २३ थारु सभासद समेत जनजातिका १६९ जनाले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी ४ मुस्लिमसहित ९१ जना मधेशी र ३६ जना दलित सभासद्ले पनि संविधानमा हस्ताक्षर गरेको नेम्वाङले बताए ।

संविधानमा पुरूष सभासद् ३८३ जना र महिला सभासद् १५४ को हस्ताक्षर रहेको उनले जानकारी दिए ।

उनले भने, “यो तथ्यलाई हेर्दा संविधानमा समावेशी हस्ताक्षर भएको छ ।”

संविधानमा संविधानसभामा कायम रहेका ५९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गरेका थिए ।
कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>