समाचारसोमबार, मंसिर ४, २०६९
लिम्बुवान कार्यकर्ताद्वारा नेम्वाङ फर्काइए
सरस्वती उच्चमाध्यमिक विद्यालय बाँझोमा ४ मंसिरमा हुन लागेको नेकपा (एमाले) गाउँ सम्मेलनमा प्रमुख अतिथिका रूपमा आएका नेम्वाङलाई संविधान विरोधी भन्दै उनीहरूले फर्काइदिएका हुन् । कार्यक्रमस्थलमा भालेन्टियर्सले अवरोध खडा गरेपछि बाँझोको गाउँ सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको एमाले जिल्ला कमिटी इलामले जनाएको छ ।
परिषद् समर्थित लिम्बुवान भोलेन्टियर्सका इलाम इञ्चार्ज राजु राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा सङ्घीयता विरोधी भएकाले उहाँलाई कार्यक्रममा सहभागी हुन नदिएको जनाइएको छ । रासस
