समाचारशुक्रबार, आश्विन १५, २०७२
यसकारण राजीनामा दिएँः पूर्व खेलकुद मन्त्री पौडेल
खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समानान्तर सरकारको अभ्यास गरेको आरोप लगाएका छन् ।
१४ असोजमा राजिनामा बुझाएका पूर्वमन्त्री पौडेलले भने, “कसलाई मन्त्री बनाउने वा नबनाउने, कुन पदमा आयोगले चाहेको व्यक्तिलाई नियुक्त गर्नुपर्ने, नगरेमा गैरकानूनी हुने भन्ने हुन्छ ?”
पौडेलले खेलकुद विकास ऐन, २०४८ को दफा ३(३) अनुसार सदस्य मध्येबाट केशव विष्टलाई सदस्य सचिव नियुक्त गरिएको बताए । उनले भने, “आयोगले नचाहेको व्यक्ति नियुक्त हुनासाथ अयोग्य भन्ने हुँदैन ।”
पूर्वमन्त्री पौडेलले आफ्नो अडान र दृष्टिकोणमा अडिग रहेपनि प्रधानमन्त्रीको आग्रहमा राजिनामा गरेको बताए ।
