समाचारमंगलबार, मंसिर ५, २०६९

सरकारले आज बजेट ल्याउँछः मन्त्री पुन

हिमालखबर

अर्थमन्त्री वर्षमान पुनले दुई तिहाई बजेटमा मोटामोटी सहमति जुटिसकेको बताउँदै बजेटका प्राविधिक विषयमा राष्ट्रपतिले सल्लाहकारहरुसित छलफल गरिरहेकाले दिउँसोका लागि मन्त्रिपरिषद् बैठक सारिएको जानकारी दिए ।

उनले एक तिहाई बजेट पहिले नै आइसकेको अवस्थामा दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले बाँकी दुई तिहाई बजेट आजै पारित गर्ने र राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाइने बताए ।

पुरानै नीति तथा कार्यक्रमअनुसार बजेट आउने भएकाले यो बजेट आंशिक बजेट हुने अर्थमन्त्री पुनको भनाइ थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>