समाचारमंगलबार, मंसिर ५, २०६९
सरकारद्वारा बजेट अध्यादेश पारित
५ मंसीर दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले ३ खर्ब ६४ करोड १० लाख रुपैयाँको बजेट राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । यसअघि सरकारले चालु आर्थिक वर्षको एक तृतीयांश बजेट गत आर्थिक महिनामा ल्याइसेको छ । अहिले राष्ट्रपति समक्ष पेश गरिने बजेट दुई तृतीयांश हो ।
त्यसैगरी बैठकले आगामी बैशाख महिनाभित्रमा संविधान सभाको निर्वाचन गराउने पनि निर्णय गरेको छ । निर्वाचन बैशाखभित्रै भनिए पनि मिति तोकिएको भने छैन ।
राष्ट्रपतिले सबैदलहरुको सहमति बिना सरकारले ल्याउने बजेट आफूले स्वीकृत नगर्ने बताइरहेका बेला सरकारको यो निर्णयले विवाद बढाउने देखिएको छ ।
