समाचारमंगलबार, मंसिर ५, २०६९
बजेट अध्यादेश स्विकृत हुन्छः अर्थ मन्त्री
अध्यादेश पेश गर्न ५ मंसिरमा प्रधानमन्त्री बाबुराम भट्टराई, अर्थ मन्त्री वर्षमान पुन र अर्थ सचिव शान्तराज सुवेदी शीतल निवास पुगेका थिए । राष्ट्रपति कार्यालयबाट बाहिरिने क्रममा अर्थ मन्त्री पुनले राष्ट्रपतिलाई यसअघि नै बजेटको विषयमा अनौपचारिक ब्रिफिङ गरिसकेकाले अध्यादेश पारित हुने बताए । राष्ट्रपति, सरकार र एमाओवादी अध्यक्षको पटक–पटकको प्रयासपछि पनि सहमति जुट्न नसकेपछि सरकारले गत आर्थिक वर्षको वास्तविक खर्चको दुई तिहाई बजेट ल्याउको उल्लेख गरे ।
