समाचारबुधबार, मंसिर ६, २०६९

कांग्रेसको आकस्मिक बैठक बस्दै

हिमालखबर

सरकारले ल्याएको बजेट र निर्वाचनलगायतका विषयमा पार्टीको आधिकारिक धारणा र विरोधका कार्यक्रम तय गर्न ६ मंसीर दिउँसो केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय समिति सदस्य विमलेन्द्र निधिले जानकारी दिए ।

निधिले हिमालखबरलाई भने, “सरकारले एकलौटी ल्याएको बजेट र मुलुकको संकटका विषयमा छलफल गर्न इमर्जेन्सी बैठक बस्ने भएको हो ।”

आजै बिहान बसेको पार्टी पदाधिकारीहरूको बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

बैठकले सरकार सत्ता लम्ब्याउने खेलमा लागेको र प्रतिपक्ष दलहरूलाई बेवास्ता गर्दै स्वेच्छाचारी रूपमा अगाडि बढ्न खोेजेको निष्कर्ष पनि निकालेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>