समाचारबुधबार, कार्तिक ४, २०७२

प्रधानमन्त्री ओली सुखानी जाँदै

हिमालखबर

प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा पुगेका केपी शर्मा ओली इलामको सुखानी जाँदैछन् ।

झापा विद्रोहमा संलग्न पाँच जनाको हत्या भएको इलामको दानाबारीस्थित सुखानी पुगेर प्रधानमन्त्री ओलीले कपुर रोप्ने भएका हुन् । प्रधानमन्त्री ओलीसँगै झापा विद्रोहमा संलग्न रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुईँकेल र नारायण श्रेष्ठलाई  जेल सार्ने नाममा सुखानी लगेर २१ फागुन २०२९ मा हत्या गरिएको थियो ।

उक्त विद्रोहबाटै जन्मिएका नेता ओली गणतन्त्र नेपालको संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्री बनेका छन् । सुखानीबाट झापा हुँदै प्रधानमन्त्री ओली दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

-गाेपाल गड्ताैला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>