समाचारआइतबार, कार्तिक ८, २०७२

योजना आयोगका उपाध्यक्ष डा पोखरेल र सदस्यको सामूहिक राजीनामा

हिमालखबर

govindराष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले आज सामूहिक राजीनामा दिएका छन् ।

आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र सदस्यहरु स्वर्णिम वाग्ले, भारतेन्दु मिश्र, यज्ञबहादुर कार्की, डा गोविन्द नेपाल, चन्द्रमणि अधिकारी, प्रेम दंगाल र विमला राईलगायत सबै सदस्यहरूले आज प्रधानमन्त्री कार्यालयमा राजीनामा पेस गरेको सदस्य डा गोविन्द नेपालले जानकारी दिए ।

नयाँ सरकार गठन भइसकेको अवस्थामा नयाँ सरकारलाई काम गर्न सहज बनाउनका लागि आयोगको बैठक बसेर निर्णय गरी राजीनामा दिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>