समाचारसोमबार, कार्तिक ९, २०७२

कांग्रेसले अन्य दलसँग छलफल गरेर राष्ट्रपति र उपराष्ट्रपतिको उमेद्वार तय गर्ने

हिमालखबर

नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ ।

व्यवस्थापिका–संसद्मा ११ कात्तिकमा हुने निर्वाचन हुने कार्यक्रम छ । संसदको ठूलो दल कांग्रेसले ती पदमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार छनोट गरिसकेको छैन ।

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा ९ कात्तिकमा बसेको पार्टी पदाधिकारी बैठकले संसद्मा रहेका दलसँग छलफल गरी ती पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि उपसभापति रामचन्द्र पौडेलले बताए ।

७ कात्तिकमा बसेको पदाधिकारी र सोही दिन बसेको केन्द्रीय समिति बैठकले ती पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो । निर्वाचन नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्दै गएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>