समाचारमंगलबार, कार्तिक १०, २०७२

उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते

हिमालखबर

biccउपराष्ट्रपति पदको निर्वाचन शनिबार, १४ कात्तिक बिहान ११ बजे हुने भएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन ११ कात्तिकका लागि तोकेको थियो ।

सभामुख ओनसरी घर्तीले विशेष कारणवश उपराष्ट्रपति पदको निर्वाचन १४ कात्तिक बिहान ११ बजे गर्ने गरी मिति र समय संशोधन गर्न तोकेको व्यवस्थापिका–संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

सचिवालयले आज प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १:३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २:३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ ।

त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २:३० बजे मतगणना, ४:४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>